• ३१ भदौ २०८३, बुधबार
  • ७ः४९ बेलुका

जेनजी आन्दोलनका बेला ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, त्रिविको पुनः परीक्षा हुने

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०५:५०

असोज २३, २०८२ काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीका उत्तरपुस्तिका जलेको खुलासा भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाका उत्तरपुस्तिकाहरू आगलागीमा परेर नष्ट भएका हुन्।

National Life

परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले तीन वटा परीक्षा केन्द्रका उत्तरपुस्तिका पूर्णरूपमा जलेको पुष्टि गर्दै भने, “उत्तरपुस्तिका जलेको कारण ती विद्यार्थीका लागि पुनः परीक्षा लिन लागिएको छ। त्यसका लागि चाँडै सूचना प्रकाशित हुनेछ।”

त्रिवि अनुसार, परीक्षापछि संकलित उत्तरपुस्तिकाहरू अस्थायी रूपमा स्थानीय प्रहरी चौकीमा राखिएको थियो। आन्दोलनका क्रममा चौकीमा आगजनी हुँदा ती उत्तरपुस्तिकाहरू पनि जलेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

पुनः परीक्षा कहिले र कसरी सञ्चालन गर्ने भन्नेबारे परीक्षा नियन्त्रण कार्यालयले चाँडै सूचना प्रकाशन गर्ने जनाएको छ। यस घटनाले प्रभावित विद्यार्थीहरूलाई थप मानसिक तनाव सिर्जना गरेको छ भने त्रिविको परीक्षा व्यवस्थापनप्रति पनि प्रश्न उठाएको छ।

प्रतिकृया