• ३१ भदौ २०८३, बुधबार
  • ९ः५७ राती

कक्षा १२ को पूरक परीक्षा आजदेखि सुरु

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०९:२५

असोज ७, २०८२ काठमाडौं– कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । परीक्षा आज र भोलि दुई दिन सञ्चालन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

National Life

पहिलो दिन आज अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ ।

यस्तै बुधबार दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया