जेनजी पुस्ताले कानुनी राज्यको पालना गर्छ भन्नेमा ओली विश्वस्त
प्रकाशित मिति
२०८२ भाद्र २२ गते, आईतवार ०९:०५
भदौ २२,२०८२ काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले कानुनी राज्यको पालना गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
एमालेको विधान महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले नयाँ पुस्ता देशप्रति समर्पित रहेको उल्लेख गरे । उनले भने, “जेनजी पुस्ता देशभक्त छ, देशलाई माया गर्छ, कानुनी राज्यको पक्षमा उभिन्छ र कुनै हालतमा कसैको उक्साहटमा नलाग्ने विश्वास म गर्छु ।”
ओलीले सामाजिक सञ्जाल बन्द गर्ने चाहना नभएको तर त्यसलाई नियमन गर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पारे । उनले करको दायरामा ल्याउने, नियमन गर्ने र नेपालको कानुन अनुसार प्रक्रियामा ल्याउन सरकार लागेको जानकारी दिएका छन् ।
यसैबीच, सरकारद्वारा सामाजिक सञ्जाल बन्द गरिएपछि जेनजी पुस्ताको आव्हानमा सोमबार काठमाडौँको माइतीघर मण्डलासहित देशभर प्रदर्शन हुने तयारी भएको छ ।






प्रतिकृया