• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

बालिकालाई ठक्कर दिने मन्त्रीका चालकलाई उजुरी नपरेपछि प्रहरीले छाड्ने तयारी

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार ०२:०८

भदौ २२,२०८२ काठमाडौं –  कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छाड्ने तयारी गरेको छ। शनिबार ललितपुरको हरिसिद्धि घुम्तीमा मन्त्री राना सवार गाडी चौधरीले चलाउँदा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार हालसम्म कुनै उजुरी नआएको र मिलापत्र समेत भएकाले चौधरीलाई छाड्ने प्रक्रिया अघि बढाइएको हो। ‘बालिकाको उपचारपछि हिजै डिस्चार्ज भई घर फर्किइन्। मिलापत्र भएकोले सम्भवत आज चालकलाई छाड्छौं,’ एसपी जोशीले बताए।

Kamana Sewa

नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना सवार गाडीले ती बालिकालाई ठक्कर दिएर रोकिनै नगरी अघि बढेको भन्दै आलोचना भएको थियो। साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयले आपत्ति जनाएका थिए।

Classic Tech Desktop

घटनापछि दबाब बढेपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने जनाएको थियो। बालिकाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार गरिएको र उनको घुँडामा सामान्य चोट लागेको चिकित्सकले बताएका छन्।

प्रतिकृया