• २ असोज २०८३, शुक्रबार
  • ३ः४३ दिउँसो

प्रधानमन्त्री ओली आज किन जादै छन् बेइजिङ प्रस्थान ?

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार ०९:२९

भदौ  १७,२०८२ काठमाडौं – चीनको थियानजिन सहरमा सम्पन्न शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागिता जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ जाँदै छन्।

National Life

बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम छ। उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।

यसअघि प्रधानमन्त्री ओलीले थियानजिनमा चीनका राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भदौ १८ गते बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने भएको छ।

उक्त समारोहमा सहभागी भएपछि सोही दिन नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिकृया