• २ असोज २०८३, शुक्रबार
  • ७ः४६ बेलुका

सनराइज होल्डिङ्गस् लिमिटेडद्वारा साधारण शेयर निष्काशन, लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ०६:००

भदौ १६,२०८२ काठमाडौं – सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले रु. १०० अंकित दरका २४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको हो, जसको कुल मूल्य रु. २४ करोड रहनेछ।

National Life

यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका सीईओ विकास सिलवालले हस्ताक्षर गरेका छन्।

२०७१ सालमा स्थापित सनराइज होल्डिङ्गस् लिमिटेड एक नेपाली लगानी कम्पनी हो, जसले जलविद्युत, यातायात, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ। कम्पनीले निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरूमा लगानी विस्तार गर्ने उद्देश्यसहित सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया