• १ असोज २०८३, बिहीबार
  • ११ः४५ राती

विद्यालय शिक्षा विधेयकमा माग सम्बोधन नभएको भन्दै शिक्षक महासंघको देशव्यापी आन्दोलन सुरु

प्रकाशित मिति

२०८२ भाद्र ९ गते, सोमबार ०२:१३

काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक–२०८० ले आफ्ना माग र अधिकारलाई सम्बोधन नगरेको भन्दै आज (भदौ ९) देखि देशव्यापी आन्दोलन सुरु गरेको छ।

National Life

गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन सरकारसँग भएको ९ बुँदे सहमतिपछि स्थगित भएको थियो। तर, भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा ती सहमति प्रतिबिम्बित नभएकाले पुनः आन्दोलन गर्नुपरेको महासंघको भनाइ छ।

महासंघले यसअघि २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ। साथै अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति (हालको ६०–४० को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्र नवीकरण, विद्यालय कर्मचारीको तलब तथा पदको व्यवस्था, बालकक्षा शिक्षकको सेवा व्यवस्थापन, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्नुपर्ने लगायतका माग अघि सारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आन्दोलनको पहिलो चरण अन्तर्गत आज प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख दलका सचेतकलाई ध्यानाकर्षण गराइने महासंघले जनाएको छ। यसपछि भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लास्तरमा दुई घण्टे धर्ना दिने कार्यक्रम तय गरिएको छ। भदौ २१ देखि दोस्रो चरणमा प्रवेश गर्ने आन्दोलनलाई धर्ना, अवरोध र विरोध प्रदर्शनका रूपमा कडा बनाइने तयारी रहेको महासंघले स्पष्ट पारेको छ।

प्रतिकृया