• २ असोज २०८३, शुक्रबार
  • ४ः२० बेलुका

तीजको अघिल्लो दिन दर खाइँदै, देशभर चहलपहल

प्रकाशित मिति

२०८२ भाद्र ९ गते, सोमबार ०८:३९

भदौ ९,२०८२ काठमाडौं – नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा सहरदेखि गाउँसम्म उल्लास र चहलपहल बढेको छ। तीजको अघिल्लो दिन सोमबार दर खाने चलन अनुसार आज देशभरका महिलाहरू माइती घरमा भेला भई मिठा–मसिना परिकार सहित दर खाएर मनाउने चलन रहेको छ ।

National Life

भोलि मंगलबार तीजको मुख्य दिन महिलाहरूले निराहार व्रत बस्ने भएकाले, अघिल्लो साँझ बलियो भोजनका रूपमा दर खाने परम्परा रहिआएको छ। दरमा खिर, सेलरोटी, ढकने, केरा लगायत विभिन्न स्वादिला परिकार तयार गरिन्छन्। विशेषगरी माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा अझै कायम छ।

परापूर्वकालदेखि चलिआएको यो पर्वलाई देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउने उद्देश्यले गरेको कठोर व्रतसँग जोडिएको धार्मिक विश्वास छ। आज पनि महिलाहरूले राम्रो जीवनसाथी पाउने कामना सहित तथा विवाहित महिलाले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्ने गर्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो समय तीज मनाउने शैलीमा व्यापक परिवर्तन आएको देखिन्छ। अब तीज मात्र धार्मिक आस्था नभई रमाइलो र सांगीतिक उत्सवको रूपमा पनि लिइन थालिएको छ। महिना दिनअघि नै सुरु हुने दर खाने कार्यक्रम, सामूहिक दर भोज, र नाचगान सहित महिला दिदीबहिनीहरूबीच आपसी भेटघाट तथा सुखदुख साटासाट गर्ने माध्यम बनेको छ।

आज दरको दिन भए पनि सहर बजारमा केही दिन अघिदेखि नै महिलाहरू समूहमा भेला भएर सांगीतिक कार्यक्रम गर्दै दर भोजमा रमाइरहेका छन्। यसले परम्परागत पर्वलाई आधुनिक सामाजिक मेलमिलापको रूपमा परिणत गरिदिएको देखिन्छ।

प्रतिकृया