• २ असोज २०८३, शुक्रबार
  • ७ः२० बेलुका

गत वर्ष निजी क्षेत्रमा ४ खर्ब २३ अर्ब कर्जा, कुन क्षेत्रमा कति बाँडियो?

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार ०६:२४

भदौ ८,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष (२०८०/८१) को तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ बराबर रहेको छ। अघिल्लो आर्थिक वर्षमा कर्जा प्रवाहको वृद्धि दर ५.८ प्रतिशत मात्रै थियो।

National Life

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा गैर–वित्तीय संस्थागत क्षेत्रले कूल कर्जाको ६२.८ प्रतिशत हिस्सा लिएको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.२ प्रतिशत रहेको छ।

वित्तीय संस्थाहरूको वर्गीकरणअनुसार, वाणिज्य बैंकहरूले कर्जा ८.६ प्रतिशतले बढाएका छन् भने विकास बैंकबाट ६.१ प्रतिशत र वित्त कम्पनीबाट ८.४ प्रतिशतले कर्जा वृद्धि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कर्जा धितोका आधारमा हेर्दा, घर–जग्गाको धितोमा आधारित कर्जा कूल कर्जाको ६४.७ प्रतिशत छ। चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा आधारित कर्जा १४.५ प्रतिशत रहेको छ। औद्योगिक उत्पादन कर्जा ७.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा कर्जा १५.५ प्रतिशत, थोक तथा खुद्रा व्यापार कर्जा ३.४ प्रतिशत र कृषि क्षेत्रः ०.२ प्रतिशतले कर्जा घटेको छ ।

रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत)को ५.९ प्रतिशत, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा ५१.१ प्रतिशत र हायर पर्चेज कर्जा ३.७ प्रतिशतले बढेको छ ।

प्रतिकृया