• ४ साउन २०८३, सोमबार
  • ७:०३ बेलुका

दुवै तर्फबाट आएको बादलले मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०९:३०

श्रावण २८,२०८२ काठमाडौं —बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसहितको वायु प्रवाहको प्रभावले देशभर मनसुन सक्रिय भएको छ। दुवैतर्फबाट आएको बादलका कारण हिजोदेखि नै धेरै स्थानमा वर्षा भइरहेको छ।

मौसमविदका अनुसार आज पनि देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। केही स्थानमा अति भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। तर, विहीबार बिहानदेखि तुलनात्मक रूपमा वर्षा कम हुने प्रक्षेपण गरिएको छ।

Kamana Sewa

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जानकारी दिए। उनका अनुसार गत २४ घण्टामा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ भने केही ठाउँमा अति भारी वर्षा समेत भएको छ।

Classic Tech Desktop

प्रतिकृया