• ३१ भदौ २०८३, बुधबार
  • ७ः४८ बेलुका

शिक्षक बढुवा तीन आधारमा हुने: संसदीय समितिबाट प्रस्ताव पारित

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार ०४:३८

श्रावण २२ ,२०८२काठमाडौं–  प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शिक्षक बढुवाका लागि तीनवटा आधार तोक्ने प्रस्ताव पारित गरेको छ।

National Life

समितिको आज (बिहीबार) बसेको बैठकले विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा प्रक्रिया संशोधन गर्दै आन्तरिक प्रतियोगिता, जेष्ठता, र कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा गर्ने प्रस्ताव पारित गरेको हो।

यसअघि शिक्षक बढुवा आन्तरिक प्रतियोगिता र आवधिक (समयावधि) प्रणालीबाट हुँदै आएको थियो। तर परामर्श उपसमितिमा सहमति जुटेको नयाँ मोडेल अनुसार अब तीमध्ये कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता समेत मुख्य आधार बन्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

समितिमा प्रस्तुत संशोधन प्रस्तावमा व्यापक छलफलपछि निर्णय पारित गरिएको जनाइएको छ।

प्रतिकृया