सेयर बजार उकालो: साताको अन्तिम दिन नेप्से १८.३० अंकले बढ्यो, कारोबार ८ अर्ब नाघ्यो
प्रकाशित मिति
२०८२ श्रावण २२ गते, बिहीबार ०३:३९
श्रावण २२ ,२०८२काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.३० अंकले उकालो लागेर २८५० बिन्दुमा पुगेको छ।
आज कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नेप्से हरियोमै रह्यो। कारोबारको क्रममा दिउँसो २ः०४ बजे नेप्से २८६१ बिन्दुसम्म पुगे पनि अन्त्यतिर देखिएको हल्का बिक्री चापका कारण अन्तिम अंकमा केही समायोजन आएको हो।

सेयर बजारमा आज कुल १८७ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ६२ कम्पनीको सेयर घटेको छ। कारोबार रकम पनि सामान्य रूपमा बढेको छ। अघिल्लो दिनको ७ अर्ब ६३ करोडको तुलनामा आज ८ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।

सेक्टोरल सूचकको हिसाबले हेर्दा सबै समूहमा हरियाली देखिएको छ। सबैभन्दा बढी वृद्धि फाइनान्स समूहमा १.३८ प्रतिशतले भएको छ। अन्य समूहको वृद्धिदर यसप्रकार छ बैंकिङ: ०.४३%, विकास बैंक: ०.४२%, होटल तथा पर्यटन: ०.६०%,जलविद्युत (हाइड्रोपावर): ०.७५%, लगानी: ०.३०%,जीवन बीमा: ०.७६%,
उत्पादन तथा प्रशोधन: १.१२%, माइक्रोफाइनान्स: ०.३६%, निर्जीवन बीमा: ०.४२%,अन्य: १.०३%,व्यापार: ०.९९%बढेको छ।
आज सिक्लेस हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशतले बढेको छ। त्यसपछि बरुण हाइड्रोपावरको ९.७८%, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.५६%, खानीखोला हाइड्रोपावरको ६.१९%, लिबर्टी इनर्जीको ५.७२% र आईसीएफसी फाइनान्सको ४.४२% ले बढेको छ। त्यस्तै, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.२६ प्रतिशतले घटेको छ। समाज लघुवित्तको ५.४२%, सान्भी इनर्जीको २.७१% र मैलुङखोला जलविद्युतको २.६९% ले घटेको देखिएको छ।
आजको दिन धेरै कारोबार भएका प्रमुख कम्पनीहरूमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा तथा युनाइटेड मोदी हाइड्रोपावर रहेका छन्।




प्रतिकृया