• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

बामदेव गौतमको दाबी: “म आन्दोलनको नेता, कहिल्यै असफल भएको छैन”

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार ०४:१६

श्रावण २ ,२०८२ काठमाडौं । वरिष्ठ नेता बामदेव गौतमले आफू नेतृत्व गरेका आन्दोलनहरू अहिलेसम्म असफल नभएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता अभियान कार्यक्रममा बोल्दै गौतमले आफू आन्दोलनको नेता भएको र आफ्नै पहलमा हुने एकता सफल हुने विश्वास व्यक्त गरे।

“म एकता अभियानको अगुवा हुँ, म आएका पार्टीमा कैयौं गुणा सदस्य बढ्छन्,” उनले भने। उनले पार्टीमा कुनै पद नचाहिने बताउँदै जिम्मेवारी चाहिएको उल्लेख गरे। गौतमले एकीकृत समाजवादी प्रवेश गर्न चार वर्ष लागेको बताउँदै, “मैले भनेजस्तै गरेर एकता हुन लागेको हो,” भनेका छन्। उनको सहभागीता पश्चात् एकीकृत समाजवादीले थप शक्ति हासिल गर्ने अपेक्षा गरिएको छ।

Kamana Sewa

प्रतिकृया