• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

भिभो र दराजबीच सहकार्य, महाबचत बजारको धमाका !

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार ०३:५१

श्रावण २ ,२०८२ काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको प्रमुख ई–कमर्स प्ल्याटफर्म दराजसँग सहकार्य गर्दै महा बचत बजारमा सहभागीता जनाएको छ । यो अभियान आज श्रावण २ देखि श्रावण १६ सम्मदेखि जुलाई ३१, २०२५० चल्नेछ । यस सहकार्यबाट भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउनुका साथै नेपालभरका ग्राहकहरूलाई यसको नवीन प्रविधि सजिलै पुग्ने बनाउने लक्ष्य राखेको छ ।

यस अभियान अन्तर्गत, भिभोले विभिन्न रोमाञ्चक अफरहरू ल्याएको छ । यसमा मेगा उपहारमा एक भाग्यशाली विजेताले दराजको डेलिभरी ब्यागमा भिभोको ब्रान्डिङ स्पोट गरेर सामाजिक सञ्जालमा ट्याग गर्दा भिभो भी५० लाईट जित्न सक्नेछन्।
साथै, फ्ल्यास सेलमा भिभो बड्स मात्र रु ८४८ मा उपलब्ध हुनेछ भने भिभो स्मार्टफोन हरूको खरिदमा अधिकतम रु.१०,००० सम्मको छुट कुपन पनि प्राप्त गर्न सकिनेछ—जसले गर्दा फोन अपग्रेड गर्न चाहाने ग्राहकहरूका लागि यो एक उत्तम अवसर बनेको छ ।

Kamana Sewa

“दराजसँगको यो साझेदारीले ग्राहकहरूलाई उत्तम मूल्य र सुविधा प्रदान गर्ने हाम्रो साझा लक्ष्यलाई पूरा गर्दछ । ” भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले बताए । “यसले हामीलाई फराकिलो दर्शक वर्गसम्म पुग्न र डिजिटल उपभोक्ताहरूसँग अझ अर्थपूर्ण रूपमा जोडिन सक्षम बनाएको छ” ।

Classic Tech Desktop

यो सहकार्यले ग्राहकहरूलाई असाधारण मूल्य मात्र प्रदान गर्दैन, यसले नेपालमा भिभोको डिजिटल वृद्धिको यात्रामा एउटा महत्वपूर्ण कदम पनि चालेको छ । आकर्षक अफरहरूलाई अन्तरक्रियात्मक सहभागितासँग जोडेर, भिभोले आफूलाई ग्राहक–केन्द्रित ब्रान्डको रूपमा सुदृढ गरिरहेको छ, साथै नेपालको अग्रणी अनलाइन प्लेटफर्म दराज मार्फत आफ्ना नवीनतम प्रविधि देशको हरेक कुनामा पु-याउने सुनिश्चित गरिरहेको छ ।

प्रतिकृया