• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

स्वास्थ्यको क्षेत्रमा एक वर्ष : नीतिगत सुधारदेखि उत्कृष्ट काम भएका छन् स्वास्थ्य मन्त्री किरण थापा

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०६:४४

आयुर्वेद अस्पतालमा २३ प्रकारका औषधि वितरण गरिरहेको

भक्तपुर – बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले सरकारले विपन्न र असहाय नागरिकलाई पूर्णरूपमा निःशुल्क उपचार गर्दै आएको बताउनुभयो । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा शनिबार भक्तपुरमा आयोजित चालू आर्थिक वर्षमा भएगरेका कामकारवाही र स्वास्थ्य प्रवर्द्धन सेवासम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि पैरवी कार्यक्रम समारोहमा मन्त्री थापाले “स्वास्थ्यसेवामा आम नागरिकको पहुँच हुनुपर्ने प्रथम आवश्यकतालाई दृष्टिगत गरेर प्रदेश सरकारद्वारा सञ्चालित १३ वटा अस्पतालको स्तर वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरेर स्तरीय उपचार सेवा उपलब्ध गराइरहेका छौं । यसको अतिरिक्त प्रदेशकै काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका नागरिकलाई आँखालगायतका उपचार सेवामा सहयोग पुर्‍याएर सरकारले आफ्नो दायित्व पूरा गरेको अवगत गराउन चाहन्छु ।”

Kamana Sewa

स्वास्थ्यमन्त्री थापाले पहिले सरकारी अस्पताल भने पछि नाक खुम्चयाउने गरिन्थ्यो तर अहिले सरकारी अस्पतालबिच आन्तरिक प्रतिस्पर्धा भएर नागरिकले सरल र सहज एवं स्तरी पचार सेवा पाइरहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालहरूको भौतिक पूर्वाधारहरू बदल्ने कार्य भएको चर्चा गर्दै “काठमाडौंको टोखा अस्पतालमा चौबीसै घन्टा सञ्चालन गरिएको र ललितपुरको बज्रवाराही अस्पतालको भौतिक स्वरूप बदलिएर एक नयाँ स्तरी अस्पताल बनाउनेतर्फ प्रदेश सरकार अगाडि बढिसकेको छ ।”

Classic Tech Desktop

उहाँले प्रदेश अस्पतालमध्ये भक्तपुर अस्पताललाई विशेषज्ञहरूले भरिपूर्ण विशेष अस्पतालमा परिणत गर्ने सरकारको योजना एवं सोचाइअन्र्गत केही उल्लेखनीय कार्य भइरहेको जानकारी गराउनुभयो । एकातिर अस्पतालको भौतिक पूर्वाधार सुधार र व्यवस्थित गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अस्पतालका लागि चाहिने प्राविधिक र औजारको व्यवस्थापन गर्नुपर्ने हुनाले प्रदेश सरकारले सीमित स्रोत र साधनको अत्यधिक सदुपयोग गरेर प्रदेशका नागरिकलाई सुलभ स्वास्थ्यसेवाउपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले सरकारकै क्रियाशीलताका कारण अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढिरहेकाले अस्पतालका शय्या, दक्ष जनशक्ति,, औषधिलगायत स्वास्थ्य उपकरणको पहिलेभन्दा धेरै राम्रो व्यवस्था भएकाले सरकारी अस्पतालमा अहिले जनताको विश्वास बढेको बताउनुभयो ।

मन्त्री थापाले प्रदेश सरकारले आयुर्वेद उपचार पद्धतिअनुरूप जिल्ला आयुर्वेद अस्पतालमा २३ प्रकारका औषधि वितरण गरिरहेको र आउँदो आर्थिक वर्षदेखि वितरण गर्ने औषधिहरू पनि प्रदेश सरकारले नै उत्पादन गर्ने जानकारी दिनुभयो ।
उहाँले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गाभेर एकीकृत स्वास्थ्य निकारका रूपमा विकास गरेर अब छिट्टै नर्सिङ कोर्स र एमडी पढाई सुरु गर्ने जानकारी दिनुभयो ।

मन्त्री थापाले प्रदेश सरकारले सांकेतिक रूपमा श्रमजीवि पत्रकारहरूको स्वास्थ्य बीमा गर्नेतर्फ कार्यक्रम अगाडि बढाइरहेको जानकारी दिँदै भने, “जिल्ला-जिल्लामा रहेका स्वास्थ्य केन्द्र, चौकीहरूमा प्राथमिक उपचारका लागि चाहिने सम्पूर्ण स्वास्थ्य सामग्री र जनशक्तिको व्यवस्थापन गर्न सरकार सतत् प्रयत्नशील रहेको छ । अहिले सर्नेभन्दा पनि नसर्ने रोगबाट जनसाधारण बढी प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गरेर सरकारले नसर्ने रोगको नियन्त्रण र उपचार पद्धतिमा बढी ध्यान दिइरहेको छ ।”

पत्रकारहरूलाई सरकारले गरेका राम्रा कामको उजागर गर्न र नराम्रा कामको विरोध गरेर लेख्न पनि अनुरोध गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश सरकारको स्वास्थय मन्त्रालयका सचिव डा. समित्रा गौतमले प्रदेश सरकारको वार्षिक प्रगति विरवरणका साथै स्वास्थ्य नीतिका सम्बन्धमा विस्तृत प्रकाश पार्नुभएको थियो । कार्यक्रममा डेंगु रोगका सम्बन्धमा सचेतना फैलाउन स्वास्थ्यकर्मी र मिडियाकर्मीको भूमिका अपेक्षित रहेको चर्चा गरिएको थियो ।

प्रतिकृया