• ५ साउन २०८३, मंगलबार
  • १०:१० बिहान

मौद्रिक नीतापछि शेयर बजारमा उत्साह, नेप्से ७९.८२ अंकले उकालो

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०३:२९

साउन १,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा आएको पहिलो मौद्रिक नीतिले पूँजी बजारमा उत्साह भरिदिएको हो।

शेयर धितो कर्जा सीमा २५ करोड पुर्‍याउने निर्णय, लघुवित्तको लाभांश क्याप हट्न सक्ने संकेत, पहिलोपटक घर किन्नेका लागि ३ करोडसम्मको कर्जा लगायतका प्रावधानले बजारमा बुल ल्याएको विश्लेषकहरू बताउँछन्।

Kamana Sewa

आज नेप्से ७९.८२ अंकले बढेर २८७४.६० बिन्दुमा पुगेको छ। ३११ कम्पनीको ३ करोड ८६ लाख कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भयो। १३ वटै सूचकमा हरियाली देखिँदा २३९ कम्पनीको शेयर मूल्य बढेको छ।

Classic Tech Desktop

प्रतिकृया