• २ असोज २०८३, शुक्रबार
  • ७ः२४ बेलुका

देशभर मनसुन सक्रिय: बाढी–पहिरोको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार ०७:४८

असार २४, २०८२ काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण अधिकांश भू–भागमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले आज (मंगलबार) देशका विभिन्न भागहरूमा वर्षा जारी छ।

National Life

मंगलबार बिहान बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ भने अन्य स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेष गरी सबै प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही भागहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू–भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकृया