• ३१ भदौ २०८३, बुधबार
  • १०ः३९ राती

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै

प्रकाशित मिति

२०८२ असार १३ गते, शुक्रबार ०८:०५

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।

National Life

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना र २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीहरू ९९ हजार १२४ जना रहेका छन्। २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीहरू ४८ हजार ४७९ जना र २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीहरू ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउनेहरू ८ जना रहेको बोर्डले जनाएको छ। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष शर्माले बताए।

प्रतिकृया