• ३१ भदौ २०८३, बुधबार
  • ७ः५३ बेलुका

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरू

प्रकाशित मिति

२०८२ असार १३ गते, शुक्रबार ०४:१२

असार १३ , २०८२ काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जान लागेकाले त्यसअघि मन्त्रिपरिषद्को बैठक आज बोलाइएको हो।

National Life

बैठकमा प्रधानमन्त्री ओलीले भ्रमणअघि आवश्यक निर्णय र समन्वय गर्नुपर्ने विषयमा छलफल गर्दै छन्। भ्रमणको तयारी, सरकारका हालका गतिविधि र नीतिगत निर्णयहरूमा केन्द्रित भएर मन्त्रिपरिषद्ले छलफल गर्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण नेपालको कूटनीतिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले हुन लागेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया