एसईई नतिजा अन्तिम चरणमा, आज बोर्ड बैठक बस्ने तयारी
प्रकाशित मिति
२०८२ असार १३ गते, शुक्रबार ०९:५५
असार १३ , २०८२ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्न थालेको छ। परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजासम्बन्धी सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तर नतिजा प्रकाशित गर्ने निर्णय भने बोर्डको बैठकबाट मात्रै हुने भएकाले त्यसका लागि आज बैठक बस्ने तयारी भइरहेको उनले जानकारी दिए।
‘नतिजाको अन्तिम चरणमा छौं,’ भट्टराईले भने, ‘तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन। त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ। सम्भवतः आजै बैठक बस्छ।’ यसैबीच, बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजासम्बन्धी छलफल गर्न आज परीक्षा बोर्डको बैठक बस्ने तयारी भए पनि बैठक बस्ने समय भने निर्धारण भइनसकेको बताए।

यसअघि, २०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए।





प्रतिकृया