• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८२ असार ६ गते, शुक्रबार ०९:४७

असार ६, २०८२ काठमाडौं । आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

विहान ९ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ  ।

Kamana Sewa

त्यस्तै विहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बजेटमा  सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया