• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

सार्वजनिक यातायात व्यवसायी र गृहमन्त्रीबीच गृह मन्त्रालयमा छलफल जारी

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार १०:३२

काठमाडौँ । सरकारको पछिल्लो निर्णयको विरोधमा आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीहरूको प्रतिनिधिमण्डल र गृहमन्त्री रमेश लेखकबीच अहिले गृह मन्त्रालयमा छलफल जारी छ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आन्दोलन चर्किंदै गएको अवस्था देखेर मन्त्रालयले सोमबार समन्वय बैठक आह्वान गरेको हो। बैठकमा आन्दोलनरत पक्षका माग, सरकारको निर्णय र त्यसको सम्भावित असरबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।

Kamana Sewa

संघर्ष समितिले सार्वजनिक यातायात क्षेत्रप्रति सरकारले लिएको कदमप्रति आपत्ति जनाउँदै विभिन्न चरणको आन्दोलनको घोषणा गरिसकेको छ। यसअघि सडक अवरोध, सवारी साधनको ठप्पी र विरोध प्रदर्शन जस्ता गतिविधिहरूले राजधानीसहित देशभर यातायात सेवा प्रभावित बनेको थियो।

Classic Tech Desktop

गृह मन्त्रालयका स्रोतका अनुसार समाधानको खोजीका लागि सरकार संवेदनशील रहेको र सबै पक्षको सहमतिको माध्यमबाट अगाडि बढ्ने प्रयास भइरहेको छ।

संघर्ष समितिका प्रतिनिधिहरूले माग पुरा नभए आन्दोलन थप चर्काउने चेतावनी पनि दिएका छन्।


प्रतिकृया