• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

हकप्रद निष्कासनका लागि एशियन लाइफको बुक क्लोज मिति तय

प्रकाशित मिति

२०८२ जेष्ठ ८ गते, बिहीबार १०:२६

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीको अनुसार जेठ १६ गते बुक क्लोज गरिने भएको हो। जेठ १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएअनुसार कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ यसरी निष्काशन हुने शेयरको कुल मूल्य १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ हुनेछ।

Kamana Sewa

उक्त हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँभन्दा माथि पुग्नेछ। कम्पनीले पूँजी विस्तारमार्फत आगामी दिनमा बीमा व्यवसाय विस्तार, सेवा सञ्जाल विस्तार तथा प्राविधिक पूर्वाधारमा लगानी गर्ने लक्ष्य लिएको जनाएको छ

Classic Tech Desktop

प्रतिकृया