• 8:03 am

आइपिएलमा आज राजस्थान र मुम्बई आमने सामने

प्रकाशित मिति

२०८२ बैशाख १८ गते, बिहीबार १०:३१

वैशाख १८, २०८२ काठमाडौँ: जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ ।

जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सले १० खेलमा ६ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेकोछ । १२ अंक रहेको मुम्बई हाल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै राजस्थान रोयल्सले भने १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै आठौँ स्थानमा रहेको छ ।

प्रतिकृया