• ४ साउन २०८३, सोमबार
  • ५:३५ बिहान

राजावादी आन्दोलन संयुक्त रूपमा एकीकृत हुँदै

प्रकाशित मिति

२०८२ बैशाख १५ गते, सोमबार ०५:१४

वैशाख १५, २०८२ काठमाडौँ: राजतन्त्रको पुनस्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गरेको सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा भएको आन्दोलनमा राप्रपा लगायत अन्य राजावादी समूहरुले समेत सहभागिता जनाएका थिए ।

यसअघि छुट्टाछुट्टै आन्दोलन गरेका राजावादीहरु एक ठाउँमा देखिएका हुन् । राप्रपा नेपालको नेतृत्वमा भएको आन्दोलनमा ऐक्यवद्धता जनाउन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पुगेका थिए ।

Kamana Sewa

त्यस्तै पञ्चायतकालीन नेता नवराज सुवेदी, केशरबहादुर विष्ट लगायत नेताहरु पुगेका थिए । यसअघि अलग अलग समूह बनाएर आन्दोलन गर्दा मुख्य मुद्दा ओझेलमा परेको र अहिले एक ठाउँमा उभिएर संयुक्त रुपमा आन्दोलन गर्ने प्रतिवद्धता जनाएको नेताहरुले बताएका छन् ।

Classic Tech Desktop

त्यसो त राप्रपा नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका राप्रपा अध्यक्ष लिङ्देनले आफूहरु आगामी दिनमा सँगै उभिने समेत बताएका छन् ।

प्रतिकृया