• ४ साउन २०८३, सोमबार
  • ८:३० बेलुका

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिवलाई तत्काल कारबाही गर्न एमाले सांसद ठाकुर गैरको माग

प्रकाशित मिति

२०८२ बैशाख १४ गते, आईतवार ११:५५

वैशाख १४, २०८२ काठमाडौँ: नेकपा एमालेका सांसद ठाकुर गैरले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिव फणिन्द्र पाठकलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गैरेले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवका नाममा जारी भएको संवेदना सन्देशप्रति आपत्ति जनाउदै कारवाहीको माग गरेका हुन् ।

Kamana Sewa

उनले भने- ‘संवाद सचिव फणिन्द्र पाठकको नामबाट राजी भएको वक्तव्यको हेडलाइनमा लेखिएको छ- श्री पाँच महाराजधिराज वीर विक्रम शाह देवबाट बक्सेको शुभकामना सन्देश ! यसप्रति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री पाँच महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव भन्ने कहाँ छ ? यो लेख्न कसरी सकिन्छ ? कसरी सम्भव भयो ? यो पाइन्छ कि पाइँदैन ? यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राजको उपहास गर्न पाइन्छ कि पाइँदैन ?’

Classic Tech Desktop

उनले ज्ञानेन्द्रको संवाद सचिवको रूपमा नाम रहेका फणिन्द्रराज पाठक र यो संवेदना लेख्नका लागि बक्सने ज्ञानेन्द्र वीर विक्रम शाहलाई नेपालको संविधान र कानुन बमोजिम तत्काल कारबाही गर्न माग गरेका थिए ।

प्रतिकृया