• 9:15 am

भ्यानकुभरमा कारले भीडमा ठक्कर दिंदा धेरै जनाको मृत्यु भएको दाबि

प्रकाशित मिति

२०८२ बैशाख १४ गते, आईतवार १२:०९

वैशाख १४, २०८२ काठमाडौँ: क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु भएको बताइएको छ ।

स्थानीय प्रहरीले घटनाको जानकारी दिएपनि कति जनाको मृत्यु भएको हो र कति घाइते छन् भन्ने वारेमा स्पष्ट जानकारी दिएको छैन ।

भ्यानकुभर प्रहरीले धेरै जना घाइते भएको बताएको छ र यो घटना शनिबार साँझ सडक महोत्सवको क्रममा भएको हो । प्रहरीले चालकलाई पक्राउ गरिएको जनाएको छ ।

घटनाका धेरै भिडियोहरू बाहिर आएका छन् । प्रहरीका कार र एम्बुलेन्सहरू त्यसमा देखिन्छन् । घटना कुनै आतंककारी घटना हो वा होइन भन्ने बारेमा अझै स्पष्ट भएको छैन ।

प्रतिकृया