• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

अमेरिकाको बोस्टनमा गुन्जिदै “नेपथ्य” ब्याण्ड

प्रकाशित मिति

२०८२ बैशाख ८ गते, सोमबार ०८:५५

वैशाख ८, २०८२ बोस्टन : नेपाल र नेपालीहरूले सर्वाधिक रुचाइएको चर्चित साङ्गीतिक समूह नेपाली लोक रक ब्यान्ड नेपथ्यको ‘नेपथ्य लाइभ इन बोस्टन’ जुन ११ तारिख बुधवार बोस्टनमा हुने भएको छ । डिजे मुकुन्द ईण्टरटेनमेन्टको प्रस्तुतिमा नेपथ्य लाइभ इन बोस्टन हुन लागेको हो।

बिगत लामो समय देखि अमेरिकामा विभिन्न इभेन्ट तथा सांगीतिक कार्यक्रम गर्दै आएको डिजे मुकुन्द ईण्टरटेनमेन्टले नेपथ्य लाइभ इन बोस्टनलाइ सफल बनाउन भव्य तयारीमा जुटेका आयोजक मुकुन्द पोखरेलले बताए। बोस्टन शहरको रोयाले बोस्टनमा हुने कन्सर्ट नेपाली समुदायको बहुप्रतिक्षित साङ्गीतिक कार्यक्रम हो । कन्सर्टको अग्रिम टिकेट समेत खुल्ला भईसकेको जानकारी आयोजक पोखरेल गराए। बोस्टन लगायत अमेरिकाको जम्मा सात वटा राज्यमा नेपथ्यको प्रस्तुति रहने छ।

Kamana Sewa

‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’ ‘आँगनैभरि हिउँ नै झरे’ शिरफूल शिरैमा’ ‘लामपाते सुरति’, ‘चरि मर्‍यो’ ‘कोशीको पानी’, ‘रेसम’, ‘हिमाल चुचुरे’ ‘मै नाचे छमछमी’, सा कर्णाली, जोमसोम बजारमा, उडायो रेलैले, रेशम, तालको पानी जस्ता गीतहरू नेपथ्य ब्यान्डका लोकप्रिय गीतहरू हुन् ।

Classic Tech Desktop

प्रतिकृया