• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनको पेसी आज

प्रकाशित मिति

२०८२ बैशाख ८ गते, सोमबार ०८:४३

वैशाख ८, २०८२ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनको पेसी आज तोकिएको छ ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट आइतबार दर्ता भएको थियो ।

Kamana Sewa

लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ । उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाउने आदेश गरेको थियो । लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन् ।

Classic Tech Desktop

प्रतिकृया