• ४ साउन २०८३, सोमबार
  • ५:१६ बिहान

विस्का जात्रामा सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो

प्रकाशित मिति

२०८२ बैशाख २ गते, मंगलवार ०३:३४

वैशाख २, २०८२ काठमाडौँ: भक्तपुरको मध्यपुर थिमि वोडेको विस्का जात्रा अन्तर्गत हुने जिब्रो छेड्ने जात्रामा २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् ।

प्रसिद्ध बिस्का जात्रा अन्तर्गत प्रत्येक वर्ष वैशाख २ गते मध्यपुर थिमिको बोदेमा ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छ्ड्ने जात्रा) हुने गर्छ । गत वर्ष पहिलो पटक जिब्रो छेडेका सुजनले यस वर्ष पनि जिब्रो छेडाएर जात्रालाई जीवन्त राखेका हुन् ।

Kamana Sewa

मंगलबार बोडेस्थित पाचो गणेश मन्दिर परिसरबाट जिब्रो छेड्ने जात्रा सुरु भएर करिब एक फिट लामो सुईरोले जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिले बाँसले निर्माण गरिएको भ्यय् (बत्तिसहितको बाँसले निर्माण गरिएको अर्धचन्द्रकार महादिप) काँधमा बोकेर बोडे सहर परिक्रमा गरिन्छ ।

Classic Tech Desktop

बोडेमा हुने यो जात्रामा यसअघि सुजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका थिए । गत वर्ष जात्रालाई पुस्तान्तरण गर्दै सुजनले जिब्रो छेड्ने निर्णय गरेका थिए । यसअघि सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छोडेर जात्रालाई निरन्तरता दिएका थिए। सुजनका माइलो बुवा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेका थिए ।

बुद्धकृष्णले पहिलो पटक २०६१ साल जिब्रो छेडेका थिए । त्यसपछि उनले २०६४ सालसम्म लगातार चार पटक जिब्रो छेडे । २०६५ सालमा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाई बासँ श्रेष्ठले जिब्रो छेडाएका थिए ।

त्यस्तै जुजुभाईले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । २०७३ सालमा जुजुभाइले जिब्रो नछेड्ने घोषणा गरेपछि पुनः बुद्धकृष्णले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।

प्रतिकृया