लुम्बिनीमाथि आर्मीको फराकिलो जित
प्रकाशित मिति
२०८१ चैत्र १० गते, आईतवार ०३:३२

चैत्र १०, २०८१ काठमाडौँ: जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि सहज जित हासिल गरेको छ । आइतबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित हासिल गरेको हो ।
आर्मीले दिएको २४४ रनको लक्ष्य पछाएको लुम्बिनीले २७.१ ओभरमा अल आउट हुदै ११२ रन मात्र बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शाहब आलमले सर्बाधिक ४ विकेट लिए भने नरेन साउदले २ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले बसिर अहमदको ८६ तथा भिम सार्कीको ४४ रनको मद्दतले ४९.२ ओभरमा अल आउट हुदै २४३ रन बनाएको थियो । त्यसैगरी लुम्बिनीका बलर अजय चौहानले ४ विकेट लिएका थिए ।
यो आर्मीको सातौं जित हो । यो खेलपछि आर्मीको ८ खेलमा १४ अंक अंक भएको छ । त्यस्तै लुम्बिनीले भने चौथो हार बेहोरेको छ । लुम्बिनीको ८ खेलमा ८ अंक रहेको छ ।
प्रतिकृया