• ३ असोज २०८३, शनिबार
  • ११ः२३ बिहान

पीएम कपमा किरण ठगुन्नाको दोस्रो शतक

प्रकाशित मिति

२०८१ चैत्र १० गते, आईतवार ०३:१४

चैत्र १०, २०८१ काठमाडौँ: जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशबाट खेलिरहेका किरण ठगुन्नाले दोस्रो शतक प्रहार गरेका छन् ।

National Life

आइतबार कोशी प्रदेशविरुद्ध ब्याटिंग गर्दै किरणले ११५ रनको शतकीय पारी खेलेका छन् । टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमका अलागी किरणले ९१ बल खेल्दै १२ चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाएर आउट भएका थिए ।

किरणले यसअघि गण्डकी प्रदेशविरुद्ध अविजित १२१ रनको शतकीय पारी खेलेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यो यस पीएम कपमा बनेको तेस्रो शतक हो । किरणले २ शतक बनाउदा एक शतक त्रिभुवन आर्मीका तृतराज दासले कोशी प्रदेशविरुद्ध अविजित ११२ रनको शतकीय पारी खेलेका थिए ।

यस खेलमा सुदूरपश्चिम प्रदेशले ४४ ओभरमा अल आउट हुदै २४२ रन बनाएको छ र कोशीलाई २४३ रन्को लक्ष्य दिएको छ ।

प्रतिकृया