• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

५०० भन्दा बढी कारहरू सहित नेपालमा प्रभुत्व जमाउँदै नामी

प्रकाशित मिति

२०८१ फाल्गुन २२ गते, बिहीबार १०:४०

फाल्गुण २२, २०८१ काठमाडौँ: डोङफेङ नामी, बिग ह्याच विद फाइभ-स्टार लक्जरीले नेपालको सडकमा ५०० भन्दा बढी कारहरूको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुन:परिभाषित गर्ने यसको प्रतिबद्धतालाई जोड दिन्छ।

परम्परागत कार लन्चभन्दा बिल्कुल फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो-थीम कार्यक्रम मार्फत डेब्यू गर्‍यो। ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम अपील प्रदर्शन गरेको छ। कार्यक्रमले दर्शकहरूमा स्थायी छाप छोड्दै उनीहरूलाई यातायातको भविष्यलाई अँगाल्न प्रेरित गर्‍यो।

Kamana Sewa

नामीले आज यो अविश्वसनीय उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन हासिल गरेको छ। एक विशेष समारोहमा ५ जना ग्राहकहरूलाई ब्रान्ड-न्यू नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको थियो। देशभरि पहिले नै ५०० भन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको छ।

Classic Tech Desktop

अभूतपूर्व चर्चासँगै नामीले नाडा अटो शोमा ७२० भन्दा बढी बुकिङहरूको रेकर्ड पनि कायम गरेको छ। नामीको भविष्यवादी डिजाइन र उन्नत सुविधाहरूबाट सबै क्षेत्रका ग्राहकहरू मोहित भएका छन्। यसमा फ्रेमलेस डुअर, मेमोरी सिट, फ्लश डुअर ह्यान्डलहरू र स्लिक फ्ल्याट सर्फेस रहेको छ। गाडीमा लेभल २ एड्याश स्ट्यान्डर्ड सुरक्षा प्रणाली र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल पनि छ जसले अनुपम आराम, सुरक्षा र प्रविधि प्रदान गर्दछ। बोल्ड, सेक्सी डिजाइन र जीवन्त रंगहरूको विकल्पको साथ नामी छिट्टै नै शैली र दिगोपन खोज्ने समकालीन चालकहरूको लागि आकर्षक विकल्प बनेको छ।

नेपालको सडकहरूमा नामी कारहरूको संख्या बढ्दै जाँदा ब्रान्डले देशलाई स्मार्ट, थप स्टाइलिश र दिगो भविष्यतर्फ डोऱ्याइरहेको छ। नामीको लागि यो केवल एउटा माइलस्टोन मात्र नभई नेपालको ईभी परिदृश्यमा नयाँ युगको सुरुवात पनि हो।

प्रतिकृया