• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘रिभ्याम्प नेपाल’ शनिबार हुँदै

प्रकाशित मिति

२०८१ फाल्गुन ६ गते, मंगलवार ०१:१२

फाल्गुण ६, २०८१ काठमाडौँ: नेपालका साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपहरूलाई प्रवर्द्धन गर्दै आएको ‘रिभ्याम्प नेपाल’ को छैटौं संस्करण आगामी फाल्गुन १० गते हुने भएको छ। आयोजकका अनुसार यस संस्करणलाई नेपालकै सबैभन्दा ठूलो स्टार्टअप तथा व्यापार प्रदर्शनी बनाउने तयारी भइरहेको छ।

रिभ्याम्प नेपाल २०२५, फाल्गुन १० (फेब्रुअरी २२) शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। यस पटक पहिलो पटक सातै प्रदेशमा प्रदेश संस्करणहरू समेत सञ्चालन गरिनेछ, जसले नेपालभरका व्यवसायी तथा स्टार्टअपहरूलाई सहयोग हुने विश्वास गरिएको छ। ‘रिभ्याम्प नेपाल’ले नेटवर्किङ, लगानी, र फ्रेन्चाइजिङ अवसरहरू प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यस वर्षको संस्करणमा १५० भन्दा बढी स्टार्टअपहरू सहभागी हुने अपेक्षा गरिएको छ भने १०,००० भन्दा बढी दर्शकहरू उपस्थित हुने अनुमान गरिएको छ।

Kamana Sewa

सन् २०२१ मा सुरु भएको रिभ्याम्प नेपालले नेपालका स्टार्टअप तथा एसएमईका लागि बजार पहुँच, व्यवसाय वृद्धिका अवसर तथा नयाँ लगानीकर्तासँगको सम्पर्क जोड्ने पुलको काम गर्दै आएको छ। पछिल्ला पाँच सफल संस्करणपछि, यस पटकको इभेन्टलाई अझ भव्य बनाउने लक्ष्य राखिएको छ।

Classic Tech Desktop

आयोजकका अनुसार यो इभेन्ट नेपालका उद्यमी, लगानीकर्ता, र व्यवसाय उत्साहीहरूका लागि नयाँ सम्भावनाहरू अन्वेषण गर्ने तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उत्कृष्ट प्लेटफर्म हुनेछ। नेपालका स्टार्टअप र एसएमई लाई नयाँ उचाइमा पुर्याउने यस महत्त्वपूर्ण इभेन्टमा सहभागी हुन आयोजकले आह्वान गरेको छ।

प्रतिकृया