• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

एक साताका लागि परराष्ट्रमन्त्री राणा ओमान जाँदै

प्रकाशित मिति

२०८१ फाल्गुन २ गते, शुक्रबार ०१:३८

फाल्गुण २, २०८१ काठमाडौँ: परराष्ट्रमन्त्री डा.आर्जु राणा देउवा आज ओमान भ्रमणमा जाँदैछिन्। चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राणा ओमानको मस्कट जान लागेको मन्त्रालयले जानकारी दिएको छ।

उनी फेब्रुअरी १४ देखि २० सम्म ओमानमा आयोजना हुने ९ औं हिन्द महासागर सम्मेलनमा सहभागी हुन लागेकी हुन् । यस वर्षको सम्मेलन समुद्री साझेदारीका लागि नयाँ यात्रा’ विषयमा केन्द्रिन हुने बताइएको छ ।

Kamana Sewa

मन्त्री देउवा ओमानका परराष्ट्रमन्त्री महामहिम सय्यद बादर बिन हमद बिन हमुद अल बुसेइदीको निमन्त्रणामा सम्मेलनमा भाग लिन जान लागेकी हुन् ।

Classic Tech Desktop

भ्रमणका क्रममा, मन्त्री देउवाले ‘ग्लोबल साउथको आवाज प्रवर्द्धन’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले ओमानका परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, खनिज मन्त्री तथा अन्य सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछिन ।

प्रतिकृया