• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति

२०८१ माघ २९ गते, मंगलवार ०२:५९

माघ २९, २०८१ काठमाडौँ: प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेपछि संसदको बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

Kamana Sewa

आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाएका थिए । उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने समेत माग गरेका थिए ।

Classic Tech Desktop

उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिएपानी माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहेका थिए ।

अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिकृया