एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड
प्रकाशित मिति
२०८१ माघ २९ गते, मंगलवार ०२:१९

माघ २९, २०८१ काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन् ।
मंगलबार सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताएका हुन् ।
एकताको आधार तयार गर्नको लागि समाजवादी मोर्चाबाट सहकार्य गरेको बताए । ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो, मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ,’ उनले भने । उनले सरकारले देश जनताका पक्षमा काम गर्न नबनेको भन्दै भ्रष्टहरूलाई बचाउन केन्द्रित भएको बताए ।
उनले भने, ‘अहिले सरकार भ्रष्टहरूलाई जोगाउन केन्द्रित छ । त्यसैले सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा गएर अड्किएका छन् । पारित हुने अवस्था छैन । दुई तिहाइको अहंकारलाई धक्का खाएको छ । माओवादीले कुनै हालतमा अध्यादेश पास गर्न सघाउँदैन । अब जसपा नेपालको निर्णयले भर पर्छ ।’
प्रतिकृया