• ५ साउन २०८३, मंगलबार
  • ८:१२ बिहान

गृहमन्त्री लेखकबाट तीन विधेयक प्रतिनिधिसभामा पेस

प्रकाशित मिति

२०८१ माघ २७ गते, आईतवार ०९:०१

माघ २७, २०८१ काठमाडौँ: गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा तीन वटा विधेयक पेस गर्नु भएको छ । गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ ‘नेपाल प्रहरी विधेयक, २०८१’ र ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् ।

नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशसहितको विषयलाई सम्बोधन गरी ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ संसदमा पेस भएको छ ।

Kamana Sewa

यस्तै ‘नेपाल प्रहरी विधेयक, २०८१’ले प्रहरी ऐन, २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानहरूलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ । यसैगरी ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ ले पनि सशस्त्र प्रहरी ऐन, २०५८ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया