• ४ साउन २०८३, सोमबार
  • ७:२० बेलुका

स्वर्णिम वाग्लेको माग- भुटानी शरणार्थीदेखि गिरीबन्धुसम्मका सबै काण्डको छानबिन गर्न संसदीय समिति गठन गरियोस्

प्रकाशित मिति

२०८१ माघ १८ गते, शुक्रबार ०४:०२

माघ १८, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी ठगीदेखि गिरीबन्धु टी-इस्टेटसम्मका सबै काण्डबारे छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै वाग्लेले नक्कली भुटानी शरणार्थी ठगीदेखि गिरीबन्धु टी-इस्टेटसम्मका सबै काण्डबारे छानबिन गर्न संसदीय समिति गठनको माग आफ्नो पार्टीले गर्ने बताएका हुन् । वाग्लेले चर्चामा आएका काण्डको छिनोफानो गर्नुपर्ने बताए ।

Kamana Sewa

‘चलन चल्तीमा आएका सबै काण्डको पनि अब एक-एक गरेर संसदीय छानबिन समिति गठनको माग गर्नेवाला छौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणदेखि कम्बोडियासम्म, वाइडबडीदेखि एनसेल र बालुवाटार जग्गा प्रकरणदेखि गिरीबन्धुसम्म । यी सबैको छिनोफानो अब हामीले गर्नुुपर्ने हुन्छ,’ वाग्लेले भने ।

Classic Tech Desktop

उपसभापति वाग्लेले सभापति लामिछानेलाई लामो समय दु:ख दिन सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको बताए । ‘सहकारी ठगीमा संलग्नता रहेको नदेखिएपछि लामिछानेमाथि सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । आफैँले खनेको खाल्डोमा हामी आफैँ त पर्दै छैनौँ माननीयज्यूहरू ?,’ उनले भने ।

प्रतिकृया