• ४ साउन २०८३, सोमबार
  • ७:२० बेलुका

नेपालकाे सांस्कृतिक एकीकरणको दायित्व ओली सरकारको काँधमा : योगेश भट्टराई

प्रकाशित मिति

२०८१ माघ १८ गते, शुक्रबार ०३:५२

माघ १८, २०८१ काठमाडौँ: सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको सांस्कृतिक एकीकरणको जिम्मेवारी वर्तमान केपी शर्मा ओली सरकारको काँधमा रहेको बताएका छन् । आज (शुक्रबार) बाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा एमालेका तर्फबाट बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

‘पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गर्नुभएको थियो,’ भट्टराईले भने, ‘यो देशको सामाजिक एकतालाई अझ मजबुत बनाउँदै, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्दै यो देशको समृद्धि हासिल गर्ने दिशामा नेपालको एकीकरणको भाग–२ को ऐतिहासिक जिम्मेवारी यो सरकारसँग छ भन्ने कुरा हामीले बुझ्नुपर्छ ।’ यो अवधिमा केही आशा गर्ने काम भएको उनले दाबी गरे । अर्थतन्त्रमा पनि सकारात्मक सन्देश देखिएको पनि उनले बताए ।

Kamana Sewa

‘प्रचण्डले तीन पटक अध्यादेश ल्याउनु भयो, १४ कानुन संशोधन गर्नुभयो’

Classic Tech Desktop

एमाले सचिव योगेश भट्टराईले नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकार मात्र नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्दै भट्टराईले अध्यादेशहरू कस्तो अवस्थामा आउँछन् भन्ने कुरा सबैलाई थाहा भएको बताए ।

उनले भने, ‘..त्यो हामी सबैलाई थाहा छ । संविधान बनाउने शक्ति सबै यही छौँ । नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओलीको मात्र होइन । ’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा ७९ को निर्वाचनपछि ३ पटक अध्यादेश ल्याएको बताए ।

उनले थपे, ‘झण्डै १४ वटा कानुन संशोधन गर्नुभयो । मिटर ब्याज, लगानी सम्मेलनलगायतमा अध्यादेश आयो’, उनले अध्यादेशका कन्टेन्टमा प्रतिस्थापन विधेयकमा संशोधन प्रस्ताव ल्याउन प्रचण्डलाई आग्रह गरे । उनले २०७८ को अध्यादेशको स्मरण गर्दै अध्यादेशको बाढी आएको र पार्टीहरू फुटाएको भन्दै अध्यादेशबाट जन्मिएको पार्टीले अहिले अध्यादेश गलत भनिरहेको भन्दै अचम्म लागेको बताए ।

प्रतिकृया