• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

ट्रम्पविरुद्धका मुद्धाको अनुसन्धानमा संलग्न १२ अधिकारी बर्खास्त

प्रकाशित मिति

२०८१ माघ १५ गते, मंगलवार ११:००

माघ १५, २०८१ काठमाडौँ: अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीहरूलाई बर्खास्त गरेको छ ।

यी अधिकारीहरू ट्रम्पविरुद्धका मुद्धाको अनुसन्धानमा संलग्न रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार, न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बताए ।

Kamana Sewa

यी अधिकारीहरूले राष्ट्रपति ट्रम्पको एजेन्डा पूर्ण इमानदारीका साथ कार्यान्वयन गर्न सक्षम हुने नदेखेपछि बर्खास्त गरिएको उनले बताएका छन् ।

Classic Tech Desktop

यसैबीच राष्ट्रपति ट्रम्पले सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित तीन आदेशमा हस्ताक्षर गर्ने बताइएको छ ।

प्रतिकृया