• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

भ्रष्टाचारको आरोपमा सचिव अन्सारीविरुद्ध आरोप-पत्र दायर

प्रकाशित मिति

२०८१ माघ ७ गते, सोमबार ०२:१३

माघ ७, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालीन गा.वि.स. सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा आरोप-पत्र दायर गरेको छ ।

अख्तियारले सोमबार साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन गा.वि.स. सचिव अन्सारी उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Kamana Sewa

अन्सारीले साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेकाले उनले सटरहरू उपलब्ध गराउँदा लिएको धरौटी बापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको पाइएको छ ।

Classic Tech Desktop

उनले १२१ जना उपभोक्ताहरूबाट लिएको धरौटी बापतको अठतीस लाख तीस हजार पाँच सय रुपैयाँ साविक गा.वि.स.को धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरेकाले अन्सारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिकृया