• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

कास्की जिल्ला अदालतमा रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहितको थुनछेक बहस सुरू

प्रकाशित मिति

२०८१ पुष १६ गते, मंगलवार ०४:०८

पुष १६, २०८१ काठमाडौँ: सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट सुरू भएको बयान केहीबेरअघि सकिएको हो । बयान सकिएसँगै थुनछेक बहस सुरू भएको जिल्ला अदालत कास्कीले जनाएको छ ।

अभियोजन पक्ष सरकारी वकिलका तर्फबाट अधिवक्ता सुजाता पौडेलले बहस सुरु गरेकी हुन् । यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ ।

Kamana Sewa

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ। आरतीको भने मंगलबार नै बयान गराइएको थियो ।

Classic Tech Desktop

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।

प्रतिकृया