• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

प्रकाशित मिति

२०८१ पुष १६ गते, मंगलवार ०२:४३

पुष १६, २०८१ काठमाडौँ: मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सुन्दरहरैँचा-५ डिपुमा हात्तीले आक्रमण गर्दा स्थानीय ६० वर्षीया चन्द्रकला लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

जोरीका अनुसार चन्द्रकला सोमबार दिउँसो दाउरा लिन नजिकैको जंगलमा गएकी थिइन् । साँझसम्म घर नफर्कीएपछि उनको खोजी सुरु भएको थियो । खोजी गर्ने क्रममा मंगलबार बिहान स्थानीयले चन्दकलालाई जंगलको खोल्सीमा मृत अवस्थामा फेला पारेका हुन् ।

Kamana Sewa

बिहान स्थानीय चन्द्रकलालाई खोज्दै जंगलमा जाँदा हात्ती पनि नजिकै देखिएको प्रहरीको भनाई छ । चन्द्रकलाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

Classic Tech Desktop

प्रतिकृया