पाँचवटा संसदीय समितिको बैठक बस्दै
प्रकाशित मिति
२०८१ पुष ४ गते, बिहीबार ०८:४१
पुष ४, २०८१ काठमाडौँ: आज पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ । प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभाअन्तर्गतका तीन संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।

बिहान साढे ११ बजे राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवसायको आवश्यकता सम्बन्धमा संकल्प प्रस्ताव कार्यान्वयन अनुगमत उपसमितिसमक्ष पेस भएको प्रतिवेदनमा छलफल हुने कार्यसूची छ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।




प्रतिकृया