• ४ साउन २०८३, सोमबार
  • १०:४५ बेलुका

गाउँपालिकाकी पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृतसहित ८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

प्रकाशित मिति

२०८१ पुष ४ गते, बिहीबार ०८:३७

पुष ४, २०८१ काठमाडौँ: भ्रष्टाचार मुद्दामा कालिकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मासहित ८ जनाले सफाइ पाएका छन् ।

थोपा सिँचाइ आयोजना निर्माणको क्रममा भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Kamana Sewa

सो मुद्दामा विशेष अदाललते बुधबार फैसला सुनाउँदै सफाइ दिएको हो । उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित सब–इन्जिनियर माधवकुमार भट्ट, तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडासचिव जानकीकुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतीपुरा रोकायले सफाइ पाएका छन् ।

Classic Tech Desktop

थोपा सिँचाइ आयोजनाको उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई काम हुँदा योजनाको लागत अनुमानबमोजिम कार्य नभएको, स्थलगत नापजाँच गरी कम काम भएको कार्यलाई बढी गरेको भन्दै १३ लाख ७४ हजार ९९१ रुपैयाँ बिगो कायम गरी २७ चैत २०८० मा मुद्दा दायर भएको थियो ।

प्रतिकृया