• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

रवि लामिछानेलाई भैरहवा पुर्याइयो, बयानका लागि विमानस्थलबाटै सरकारी वकिल कार्यालय लगिने

प्रकाशित मिति

२०८१ कार्तिक २७ गते, मंगलवार ०१:०६

कार्तिक २७ , २०८१ रुपन्देही : रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याइएको छ । उनी आएको बुद्ध एयरको विमान १२ः२० मा भैरहवामा अवतरण भएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनी २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताए । उनका अनुसार सकेसम्म आजै बयान सक्ने तयारी भएपनि पोखराबाट आउँदा नै ढिलाई भएकाले आजै पूरा नहुने भएको छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

Kamana Sewa

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न आज रुपन्देही लगेको हो ।

Classic Tech Desktop

कास्की प्रहरीको हिरासतमै रहेको बेला प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट अनुमति लिएको थियो । सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । कास्की जिल्ला अदालतले पहिलो पटक ६, दोस्रो पटक ७, तेस्रो पटक १० र चौथोपटक १३ दिन म्याद थप गरेको हो ।

प्रतिकृया