• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ आश्विन २९ गते, मंगलवार ११:१५

असोज २९ , २०८१ काठमाडौँ: आज सुनचाँदीको मूल्य बढेको छ ।

दशैको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया