• ४ साउन २०८३, सोमबार
  • ८:१८ बेलुका

शिवम सिमेन्टको खुद नाफा २५ करोड, प्रतिसेयर आम्दानी कति ?

प्रकाशित मिति

२०८१ श्रावण २७ गते, आईतवार १२:१८

साउन २७, २०८१ काठमाडौँ: शिवम सिमेन्टले गत आव ०८०/०८१ मा २५ करोड २ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले आइतबार प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणमा ५७.९३ प्रतिशतले नाफामा गिरावट आएको हाे ।

कम्पनीले अघिल्लो आवमा ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ संचालन आम्दानी गरेको छ भने कम्पनीको अन्य आम्दानी १९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

Kamana Sewa

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कुल नाफामा पनि १ अर्ब ३ करोड ४८ लाख रुपैयाँ छ ।

Classic Tech Desktop

कम्पनीको कुल खर्च ९५ करोड ६३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ ।

प्रतिकृया