• ७ असोज २०८३, बुधबार
  • ४ः३५ बेलुका

ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली बन्दै प्रिन्स

प्रकाशित मिति

२०८१ बैशाख ३० गते, आईतवार ०९:५६

वैशाख ३०, २०८१ काठमाडौँ: नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने भएका छन्। विश्व वरीयताका जुनियरतर्फ विश्व नम्बर एकसमेत रहिसकेका प्रिन्स पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका हुन्।

National Life

१९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी समेत बन्ने। विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिकका लागि छनोट भएका हुन्।

ब्याडमिन्टनमा यसपटक १ सय ६६ नियमित कोटाबाट पुरुष र महिला समान ८३-८३ खेलाडी रहँदा ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी प्रतिस्पर्धा गर्दैछन्। यस्तै, आयोजक कोटामा फ्रान्सका खेलाडी वरीयताबाट योग्य हुँदा त्यसमा अर्का योग्य खेलाडीले खेल्ने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

युनिभार्सलिटी स्थान ओलम्पिकमा कमजोर उपस्थिति जनाउने राष्ट्रका खेलाडीलाई ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर दिन निर्धारण गरिएको कोटाका रूपमा रहने गरेको छ। विश्वभरबाट ब्याडमिन्टनमा ३ खेलाडी पाएको कोटामा प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा छनोट भएका हुन्।

प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले प्रतिस्पर्धाको अवसर पाएका छन्। अब ओलम्पिक कमिटीले उनको प्रकृयागत कागजात तयार गरेपछि उनी औपचारिक रुपमा पेरिस ओलम्पिकका लागि छनोट हुनेछन्।

पछिल्लो समय नेपाली ब्याडमिन्टनमा एकपछि अर्को उपाधि जित्दै आएका प्रिन्सले लामो समयदेखि आफ्नो ओलम्पिक सपना रहँदै आएको बताएका छन्।

प्रतिकृया